नवआदर्श सामुदायिक विकास समाज, पोखराको अध्यक्षमा दिनेश भण्डारी निर्वाचित भएका छन्।
संस्थाको शनिबार २८ औं साधारणसभा तथा १५ औं अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।
कार्यसमिति प्रथम उपाध्यक्षमा अर्जुन भण्डारी, द्वितीय उपाध्यक्षमा हरिबहादुर थापा, सचिवमा शोभा बानियाँ, कोषाध्यक्ष विष्णुमाया बानियाँ, सह–सचिव राजकुमार पौडेल र सह–कोषाध्यक्ष निर्मल पौडेल छन्।
सदस्यमा निराजन बस्नेत, प्रकाश थापा, गीता भण्डारी र लक्ष्मी छन्त्याल छन्।
रिक्त ४ सदस्यीय कार्यसमितिको बैठकले मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिएका छन्।
विष्णुप्रसाद शर्मा निर्वाचन अधिकृत रहेको निर्वाचन समिति सदस्यमा होमबहादुर बानियाँ र रामचन्द्र आचार्य सदस्य थिए।
पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले अधिवेशनको उद्घाटन गरेका हुन्।
पाण्डेले कार्यक्रममा बोल्दै नवआदर्श सामुदायिक विकास समाजले सामाजिक क्षेत्रमा गरेको योगदान उदाहरणीय रहेको बताए।
यस्तै, पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संस्थाका मानार्थ सदस्य बाबुराम आचार्य, पूर्वअध्यक्ष रेश्मा अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा तीज महोत्सव संरक्षण कोषका दातालाई सम्मान गरिएको संयोजक नवीन भण्डारीले बताएका छन्।
संस्थाका अध्यक्ष स्वागतमानसिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष दिनेश भण्डारी र संचालन सचिव हरिबहादुर थापाले गरेका थिए।
पोखरा लामाचौरस्थित नवआदर्श सामुदायिकले बर्सेनि तीज महोत्सवलगायत विविध कार्यक्रम गर्दै आएको छ।
संस्थाले एम्बुलेन्स, शवबाहनसमेत संचालन गरेको छ।
गोस्तेघाट खेल मैदान बनाएको संस्थाले खेलकुद, शिक्षा, स्वास्थ्य, लोक तथा कलासंस्कृति जगेर्नालगायतका क्षेत्रमा कार्य गर्दै आएको छ।