पोखरा–२५, हेमजामा वडास्तरीय महिला सीप विकास तालिम सकियो

अचार बनाउने र व्यक्तित्व विकासका लागि उद्घोषण तालिम दिइएको हो

जनसम्मत
पौष २९, २०८१, सोमबार

पोखरा महानगर–२५, हेमजामा वडास्तरीय महिला सीप विकास तालिम सम्पन्न भएको छ।

पोखरा–२५ वडा कार्यालयको आर्थिक सहयोग र महिला सञ्जाल र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाको संयुक्त आयोजनामा वडास्तरीय महिला सीप विकास तथा क्षमता अभिवृद्धि तालिम भएको हो।

सहभागिहरुलाई मासुको अचार, मेथीको अचारलगायत अन्य बिभिन्न अचारका परिकारहरु बनाउने तालिम दिइएको महिला सञ्जाल, कोषाध्यक्ष सोभा कोइराला त्रिपाठीले बताइन्।

अचार बनाउने तालिमा प्रशिक्षकको रुपमा पोखरा–२५ हेमजाकी कमला क्षेष्ठले सहजीकरण गरेकी थिइन्।

तालिमबीच व्यक्तित्व विकासका लागि उद्घोषण तालिमसमेत दिइएको थियो।

पत्रकार शुष्मा पौडेलले उद्घोषण तालिमको सहजीकरण संचारकर्मी भीम श्रेष्ठले गरेका थिए।

शनिबारदेखि सुरु तालिम ४ दिनसम्म चलेको थियो।

पोखरा महनागरपालिका प्रवक्ता एवं वडा न. २५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनालले समापन कार्यक्रममा बोल्दै तालिमले जीवनोपयोगी शिक्षा प्रदान गर्ने औंल्याए।

‘तालिमले जीवनमा नजानेका कुरा जान्ने मौका दिएको छ। केहि गर्ने आँट भएकाहरुका लागि पनि तालिमले मौका प्रदान गरेको छ’, वडाध्यक्ष तिमिल्सिनाले उल्लेख गरे।

महानगर कार्यपालिका सदस्य एवं वडा नं २५ सदस्य धनकुमारी पोख्रेल तिम्सिना, कृष्ण कुवँर, सुवास भण्डारी, तारा वि.क., वडा कार्यालयका विभिन्न तहका कर्मचारी तथा महिला सञ्जाल हेमजा र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाका बिभिन्न पदाधिकारी एवं सदस्यहरुको उपस्थिति थियो।

महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रिता पौडेले त्रिपाठीले स्वागत एवं धन्यवाद व्यक्त गरेकी थिइन्।

बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रकी सचिव गंगा त्रिपाठी तथा हेमजा महिला सञ्जालकी सचिव उभा भुर्तेल पौडेलले कार्यक्रम संचालन गरेकी थिइन्।