पोखरामा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

कला प्रदर्शनीमा २ दर्जनभन्दा बढी कलाकृति राखिएका छन्

जनसम्मत
माघ १, २०८१, मंगलवार

पोखरा आर्ट ग्यालरीमा सोमबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूह पोखराको सहकार्यमा कला प्रदर्शनी सुरु गरिएको हो।

पोखरा महानगरप्रमुख धनराज आचार्यले कला प्रदर्शनीको उद्घाटन गरेका हुन्।

अमेरिकासहित विभिन्न देशका एक दर्जन कलाकार र नेपाली कलाकारहरुले तयार पारेका २ दर्जन बढी कला प्रदर्शनीमा राखिएका छन्।

मंगलबार प्रदर्शनीमा पानी रङसहित विभिन्न रङका चित्र समावेश गरिने बताएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रममा बोल्दै कला र संस्कृतिलाई पर्यटनसँग जोड्दै पोखरालाई कला क्षेत्रको गन्तव्यका रूपमा विकास गर्न आवश्यक भएको औंल्याए।

‘पोखरामा वि.सं. २०२५ देखि ‘आर्ट ग्यालरी’ संचालन गरी युवालाई कला क्षेत्रमा आकर्षण गर्दै आइएको छ। कलाक्षेत्रले स्थानीयस्तरदेखिका मौलिकतालाई चिनाउँछ’, प्रमुख आचार्यको भनाई थियो।

तस्बीरः राधी कँडेल