पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव आज (बुधबार) देखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं–१५ द्वारा आयोजित वडास्तरीय ४ दिने बृहत् खेलकुद महोत्सव बन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो।
पोखरा–१५ ले आयोजना गरेको यो तेस्रो संस्करणको खेल महोत्सव हो ।
खेलकुद महोत्सवको पहिलो दिन फुटबल, भलिबल र ब्याडमिन्टनका खेलहरु सुरु भएका छन्।
पुरुष फुटवलतर्फ तल्लो सिमलबोट टोल विकास संस्था र गलेश्वर युवा क्लबबीचको खेलमा गलेश्वर युवा क्लब ४ –० ले बिजयी भएको छ।
तल्लो नयाँगाउँ र अलकापुर टोल विकास संस्थाबीचको खेलमा अलकापुर १–० ले विजयी बन्यो।
विद्यालय फुटबलमा भ्यू प्वाइन्ट सेकेण्डरी र वेलनन एकेडेमीबीचको खेलमा वेलनन १ –० ले बिजयी बन्यो।
सिद्ध मावि र एसओएस हर्मन माइनर विद्यालयबीचको खेलमा एसओएस १–० ले बिजयी बन्यो।
पुरुष भलिबलतर्फ गरिमा टोल र तल्लो नयाँगाउँबीचको खेलमा तल्लो नयाँगाउँ विजयी बन्दा आदर्श टोल विकास संस्थाले सुनगाभा टोल विकास संस्थालाई हरायो।
चन्द्र सूर्य क्लब र स्यानी मजुवा टोल विकास संस्थाबीचको खेलमा चन्द्र सूर्य क्लब विजयी बन्यो।
अलकापुर टोल विकास संस्था र गलेश्वर युवा क्लबबीचको खेलमा गलेश्वर युवा क्लबले जीत हासिल गर्न सफल बन्यो।
महिला भलिबलतर्फ जनजागृति महिला समूह र अलकापुर महिला समूहबीचको खेलमा जनजागृति महिला समूह विजयी बन्यो।
ब्याडमिन्टन महिला डबलतर्फ बेलबोट आमा समूह र जागृती आमा समूहबीचको खेलमा बेलबोट आमा समूह विजयी बन्यो।
त्यसैगरी, एकता र अलकापुर आमा समूहबीच एकता आमा समूह विजयी बन्यो।
सिद्धेश्वर मातृ शक्ति समूह र ठूली मजुवा आमा समूह बीचको खेलमा ठूली मजुवा विजयी भयो।
ब्याडमिन्टन महिला सिंंगलमा मितेरी आमा समूह र एकता महिला समूहबीचको खेलमा मितेरी आमा समूह विजेता बन्यो।
स्यानीपाटन र संगम टोल महिला समूहबीचको खेलमा स्यानीपाटन महिला समूह विजेता बन्यो।
आदर्श आमा समूह र लक्ष्मी टोल आमा समूहबीचको खेलमा आदर्श आमा समूह विजयी भयो।