पोखराका क्रियाशील पत्रकार वासुदेव पौडेल सम्मानीत भएका छन्।
न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) का पोखरा ब्यूरो प्रमुख पौडेललाई गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन), गण्डकी प्रदेशले सम्मान गरेको हो।
गुरुङ सम्पदा पदमार्गको प्रवर्द्धनमा पत्रकारिताका माध्यमबाट विशिष्ट योगदान पु¥याएको भन्दै पत्रकार पौडेललाई सम्मान गरिएको हो।
नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले पौडेललाई २५ हजार २५ रुपैयाँ नगदसहित सम्मापत्रद्वारा सम्मान गरे।
उक्त अवसरमा गुरुङ सम्पदा पदमार्गको अन्वेषणमा महत्वपूर्ण सहयोग गरेको भन्दै जीटीन नेपालका कार्यसमिति सदस्य एवं अन्वेषणविज्ञ सञ्जीब गुरुङलाई पनि सम्मान गरिएको थियोे।