बिनाकुमारी थापा, फोनिज कास्कीको अध्यक्ष

सातौं अधिवेसनले थापाको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति निर्विरोध निर्वाचित गरेको हो

जनसम्मत
माघ ४, २०८१, शुक्रबार

आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीको अध्यक्षमा बिनाकुमारी थापा (बिनु मस्राङ्गी) निर्विरोध निर्वाचित भएकी छन्।

फोनिज कास्कीको शुक्रबार पोखरामा सम्पन्न सातौं अधिवेसनले थापाको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति निर्विरोध निर्वाचित गरेको हो।

अध्यक्षमा निर्वाचित थापा प्रेस सेन्टर गण्डकीकी सचिवसमेत हुन्।

समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिवमा देविका तामाङ, सह–सचिवमा प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा ‘बसन्त’ चयन भएका छन्।

त्यसैगरी, सदस्यहरुमा अल्चना श्रेष्ठ, हुमबहादुर गुरुङ, विनिता राना (सोनु) र वर्षा गुरुङ निर्वाचित भएका छन्।

बाँकी ४ सदस्य पछि थप गरिने फोनिज कास्कीले जनाएको छ।

यसअघि, फोनिज गण्डकीका ईञ्चार्ज मानबहादुर घर्ती (एमबी आस्थामगर) र तमु धिँ नेपालकी संस्थापक अध्यक्ष तथा समाजसेवी कर्मकुमारी गुरुङले अधिवेसनको संयुक्त उद्घाटन गरेका थिए।