पोखरा–१५ मा तेस्रो संस्करणको बृहत् खेलकुद महोत्सव सकियो

फुटबलमा नयाँगाउँ च्याम्पियन, तल्लो नयाँगाउँलाई भलिबलको उपाधि

जनसम्मत
माघ ६, २०८१, आइतबार

पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ।

पुरूष फुटबलतर्फ नयाँगाउँ युवा क्लब विजयी हुँदा पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्था च्याम्पियन बनेको छ।

वन विज्ञान क्याम्पसको खेल मैदानमा वडाबासीको उत्साहजनक सहभागितामा भएको फुटबल फाइनलमा नयाँगाउँले प्रतिभा टोल विकास संस्थालाई पराजित गरेको हो।

पुरुष भलिबलतर्फ तल्लो नयाँगाउँ टोल विकास संस्थाले चन्द्र सूर्य क्लबलाई हराएको हो।

यस्तै, महिला भलिबलतर्फ जनजागृति आमा समूहले एकता आमा समूहलाई पराजित गर्दै उपाधि जितेको छ।

विद्यालय फुटबलमा वेलनन एकेडेमीले एसओएस हर्मन माइनगर गण्डकीलाई हराउँदै च्याम्पियन बन्यो।

युनी हक्की छात्र र छात्रा दुवैतर्फको उपाधि सेन्ट फ्रान्सिस स्कूलले जित्यो।

छात्रतर्फ सेन्ट फ्रान्सिसले शुक्रराज बलभद्र माविलाई हरायो भने छात्रातर्फ कालिका माविलाई हराएको हो।

छात्रतर्फ एसओएस हर्मन माइनर र छात्रातफर्प ज्ञानकुञ्ज एकेडेमी तेस्रो भए।

महिला ब्याडमिन्टन सिंगलतर्फ मितेरी आमा समूहकी चन्द्रा तामाङ छन्त्याल प्रथम बनिन्।

जनजागृतिकी गंगा नापित दोस्रो बनिन्।

स्यानीपाटनकी सिर्जना गुरुङ र आदर्श आमा समूहकी छोमाया पुन तेस्रो भए।

महिला ब्याडमिन्टन डबलतर्फ बेलबोट आमा समूहका सीता थापा र जिमाया राना प्रथम भए।

मितेरी आमा समूहका चन्द«ा तामाङ छन्त्याल र श्रीषा केसी दोस्रो बने।

संगम टोलका लक्ष्मी लामा र पुष्पा पन्त एवं एकता आमा समूहका सुशिला पुर्जा र लालीकुमारी खान तेस्रो बने।

पुरूष ब्याडमिन्टन सिंगलतर्फ तल्लो नयाँगाउँका तोरण गुरुङ प्रथम भए।

तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरूङ दोस्रो भए।

कोलपाटन टोलविकास संस्थाका किरण आले र चन्द्रसूर्य क्लबका किस्मत गुरूङ तेस्रो भए।

पुरूष ब्याडमिन्टन डबलतर्फ तल्लो सिमलबोट टोलकिावस संस्थाका युवराज गुरूङ र प्रकाश गुरूङ प्रथम, चन्द्रसूर्य क्लबका खुम गुरुङ र मनिप्रसाद गुरुङ दोस्रो, चार भाइ युवा क्लबका कृष्णबहादुर गुरुङ र पूर्णबहादुर जिसी तथा कोलपाटनका किरण आले र अमबहादुर खोरजा तेस्रो भए।

महिला रस्साकस्सीमा जनजागृति आमा समूह प्रथम, संगमटोल आमा समूह दोस्रो बन्यो।

३ कि.मि. महिला सडक दौडमा जनजागृतिकी पोम कुमारी बुढा प्रथम, संगमकी रुपा बरुवाल दोस्रो र एकताकी मोहनमाया राना तेस्रो बने।

यस दौडमा ४८ जना सहभागी थिए।

पुरुष सडक दौड ५ कि.मि.तर्फ नयाँगाउँका ठाकुरबहादुर थापा प्रथम, कोलपाटनका ओमबहादृुर दोस्रो र तल्लो नयाँगाउँका कुलबहादुर गुरुङ तेस्रो भए।

छात्रा सडकदौड ३ कि.मि. मा भ्यूप्वाइन्टकी सजिना सुनार प्रथम, सेन्ट मेरिजकी एलिशा कुँवर दोस्रो, सिद्ध माविकी श्रेया मगर तेस्रो बनिन्।

छात्र ५ कि.मि. दौडमा एसओसएका टिजन बुढामगर प्रथम, हार्वर्ड एकेडेमीका मनिष पुन दोस्रो र एसओएसका अमन न्यौपाने तेस्रो भए।

ह्विलचेयर दौडमा घना घर्तीमगर प्रथम, पुनम बिक दोस्रो र पवित्रा बिक तेस्रो भए।

ह्वीलचेयर बास्केटबलमा टीम ए रातो प्रथम र टीम बी निलो दोस्रो भए।

छात्र साइक्लिङ १० किमितर्फ रत्नज्योति माविका मन्दिप केसी प्रथम, रत्न ज्योतिकै सरोज सारुमगर दोस्रो र सिद्ध माविका मनोजि बिक तेस्रो भए।

विजेता, उपविजेता र तेस्रो हुनेहरुले नगद पुरस्कारसहित, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।

पोखरा महानगर–१५ ले आयोजना गरेको ४ दिने बृहत् खेलकुद महोत्सवका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज कृष्ण थापा, वडा अध्यक्ष तोरणबहादुर बानियाँ, महोत्सव संयोजक आशिष भण्डारीलगायतले पुरस्कार, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरे।