तनहुँ भानुका उत्कृष्ट बाख्रा पालक किसानहरुलाई नगदसहित सम्मान

स्थानीय जाततर्फ भानु–५ का चोपकान्त र उन्नत जाततर्फ भानु–९ का मानसिंह प्रथम

जनसम्मत
माघ ५, २०८१, शनिबार

तनहुँ जिल्लाको भानु नगरपालिकाका उत्कृष्ट बाख्रा पालक किसानहरुलाई नगदसहित सम्मान गरिएको छ।

तनहुँको भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौली, बरभन्ज्याङ बाख्रा पालन समूह र नेपाल व्यावसायिक बाख्रापालक महासंघको संयुक्त आयोजनामा उत्कृष्ट बाख्रा पालक किसानहरुलाई सम्मान गरिएको हो।

स्थानीय जाततर्फ प्रतियोगितामा भानु नगरपालिका–५ का चोपकान्त पोख्रेल प्रथम भए।

पोख्रेलले नगद १० हजारसहित सम्मानपत्र पुरस्कार पाए।

उन्नत जाततर्फ भानु नगरपालिका–९ का मानसिंह गुरुङ पहिलो बने।

गुरुङले पनि नगद १० हजारसहित सम्मानीत भए।

स्थानीयतर्फ बिमला अधिकारी र उन्नततर्फ काजी थापा दोस्रो बने।

दोस्रो बनेका बिमला र काजीले ८ हजार पुरस्कार पाए।

स्थानीयतर्फ रोमनबावु अधिकारी र उन्नततर्फ रामबहादुर गुरूङ तेस्रो बने।

तेस्रो बनेका रोमनबाबु र रामबहादुरले ६ हजार नगदसहितको पुरस्कार पाए।

उन्नततर्फ काजीराम अधिकारी र उन्नततर्फ तिलकुमारी अधिकारीले ४ हजार नगद शान्त्वना पुरस्कार पाए।

भानु नगरपालिकाको प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका प्रमुख राजु कँडेल, नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद सुवेदी, महासचिव तारानाथ पौडेल, गण्डकी प्रदेशका अध्यक्ष यामप्रसाद आचार्यलगायतले उत्कृष्ट किसानहरुलाई संयुक्त रुपमा नगद पुरस्कार एवं सम्मानपत्र प्रदान गरे।