यु–१९ महिला टी–२० विश्वकपमा नेपालको खराब सुरुवात

पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

जनसम्मत
माघ ५, २०८१, शनिबार

यु–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ।

पहिलो खेलमै नेपाल बंगलादेशसँग ५ विकेटले पराजित बनेको छ।

नेपालले दिएको ५३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो।

बंगलादेशका लागि सादिया इस्लामले सर्वाधिक १६ र सुमैया अक्टरले १२ बनाए।

नेपालकी पूजा महतो, सीमाना केसी, रचना चौधरी र रिया शर्माले सामन १/१ विकेट लिए।

त्यसअघि, मलेसियामा टस हारेर ब्याटिङ गरेको नेपाल १८ ओभर २ बलमा ५२ रन बनाउँदा अलआउट भयो।

नेपालका लागि साना प्रभिनले सर्वाधिक १९ रन बनाइन्।

यस्तै, सीमाना केसीले १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

बंगलादेशकी जन्नतुल माउले २ विकेट लिइन्।

यस्तै, निशिता अक्टर निशि, फाहोमिदा चोया र सुश्री अनिसा अख्तर सोबाले समान १/१ विकेट लिए।

आज (शनिबार) नै भएको खेलमा अष्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले हराएको छ।

स्कटल्याण्डले दिएको ४९ रनको लक्ष्य ६ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो।

समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि (सोमवार) स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।

प्रतियोगितामा १६ वटा टोलीलाई ४ समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलंका र वेस्ट इन्डिज छन्।

समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन्।

समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन्।

समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्।

यु–१९ महिला टी–२० विश्वकप क्रिकेटको फाइनल खेल माघ २० गते हुनेछ।

तस्बीरः क्यान