रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटे रवि लामिछाने

धरौटी माग्ने आदेशमा सम्पत्ति रोक्का गर्नू भन्ने आदेश समेत छ

जनसम्मत
माघ १३, २०८१, आइतबार

सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट रबि लामिछाने १ करोड धरौटीमा छुटेका छन्।

रुपन्देही अनालतमा आज (आइतबार) थुनछेक बहस सकिएपछि रबि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी मागेको थियो।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो।

१ करोड रुपैयाँको बैंक ग्यारेन्टछीपछि लामिछाने रिहा भएका छन्।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलगायत २२ जनाविरुद्ध पूरक मुद्दा दायर भएको थियो।

लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ।

त्यसो त अहिले पनि लामिछाने परिवारकै जिम्मामा थिए।

यसअघि, लामिछानेसँग पोखरास्थित सूर्यदर्शन सहकारी गठी प्रकरणमा ६५ लाख र काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटी मागिएको थियो।

कास्की र काठमाण्डौंको २ अदालतमा धरौटी बुझाएर उनी रिहा भएका थिए।

अब, लामिछानेमाथि चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी छ।