प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरी देशभर आफ्नो २१ औं स्थापना दिवस मनाएको छ।
प्रेस सेन्टर नेपालले पोखरामा पनि प्रभातफेरी कार्यक्रम र स्वास्थ्य परीक्षणको आयोजना गरी स्थापना दिवस मनायो।
पोखराको चिप्लेढुंगाबाट निकालिएको प्रभातफेरी पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो।
कार्यक्रममा बोल्दै नेकपा माओेबादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले विगतको ईतिहासलाई स्मरण गरिन्।
२१ बर्षअघि गठन भएको प्रेस सेन्टरले अब समाजबादी यात्रामा शसक्त रुपमा कलम चलाउन आग्रह गरिन्।
स्वास्थ्य परिक्षणको समेत उद्घाटन गर्दै गुरुङलेले जनताको पक्ष र आवाजविहीनहरुको आवाज बुलन्द पार्न पत्रकारहरुलाई सुझाव दिइन्।
प्रेस सेन्टरका केन्द्रीय सचिव माधव पनेरू, फ्याक्सन ईन्चार्ज एवं माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकास लामिछाने, प्रेस सेन्टर गण्डकीका उपाध्यक्ष घनश्याम पाण्डे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बराललगायतले श्रमजीवी पत्रकारहरुको हकहितको लागि सबै पत्रकारका संघ, संगठनहरु एक हुनु पर्नेमा जोड दिए।
पोखरा सभागृहमा प्रगतीशिल जनस्वास्थ्यकर्मी महासंघ कास्कीको आयोजनामा सुगर, प्रेसर र सामान्य स्वास्थ्य परिक्षण गरिएको महासंघ कास्कीका अध्यक्ष बिष्णुराज घिमिरेले बताए।
घिमिरेसहितको स्वास्थ्य टोलीले ५३ जनाको स्वास्थ्य परीक्षण गरेको प्रेस सेन्टर कास्कीका सचिब सरोज अधिकारिले जानकारी दिएका छन्।
कार्यक्रममा प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी, महासचिब प्रकाश ढकाल, समाजबादी प्रेस संगठनका नेता गोविन्द सुवेदी, फोनिज कास्कीका अध्यक्ष बिनु थापा साथै अग्रज पत्रकारसहित विभिन्न संघ संगठनका व्यक्तिहरूको सहभागिता थियो।
प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी सबै संघ संगठनका व्यक्ति तथा सहभागी संचारकर्मी एवं स्वास्थकर्मीलाई प्रेस सेन्टर पोखरा महानगरपालिकाका अध्यक्ष हुम गुरुङले धन्यवाद दिए।