विभागीय शस्त्र प्रहरी बलको (एपीएफ) क्लब एन्फा महिला लिगको च्याम्पियन बनेको छ।
सम्पन्न महिला लिग फुटबलमा अपराजित रहँदै विभागीय एपीएफले उपाधि जितेको हो।
लिगमा अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफले फाइनलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै उपाधि जित्यो।
उपाधिसँगै एपीएफले १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
एपीएफको जितमा सविता रानामगरले २ गोल गर्दा सरु लिम्बु र अनु लामाले समान १/१ गोल गरे।
२०६८ सालयता विभिन्न प्रारुपमा भएका प्रतियोगिताहरुमा विभागीय एपीएफ निरन्तर च्याम्पियन बन्न सफल भएको छ।
दशरथ रंगशालामा भएको खेलमा एपीएफको पहिलो हाफमा तुलनात्मक रुपमा कमजोर प्रदर्शन खेल्यो।
एपीएफले दोस्रो हाफमा भने सानदार प्रदर्शन गर्दै सबै ४ गोल संभव बनायो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा पुलिस दोस्रो हाफमा निस्प्रभावी बन्यो।
खेलको ६४ औं मिनेटमा सबिता रानामगरले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाइन्।
पहिलो गोल खाएर राम्रो सम्हालिन नपाउँदै ६९ औं मिनेटमा एपीएफले अग्रता दोब्बर बनायो।
रश्मीकुमारी घिर्सिङको हेड पोलमा लागेर फर्किदा पाएको रिबाउन्डलाई सरुले गोलमा परिणत गरिन्।
८३ औं मिनेटमा प्रीती राईको पासमा सविताले ब्यक्तिगत दोस्रो गोल गरिन्।
इञ्जूरी समयमा अनु लामाले खाली पोष्टमा गोल गर्दै टिमलाई ४–० को अवस्थामा पु¥याइन्।
जीतसँगै एपीएफ अपराजित रहँदै च्याम्पियन बन्न्यो।
एपीएफ जारी लिगमा एकपटक पुलिससँग बराबरीमा रोकिएको थियो।
बाँकी सबै खेलमा उसले जित निकाल्यो।
अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफले पहिलो चरणको लिगमा ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै
अन्तिम चरणमा स्थान बनाएको थियो।
त्यस्तै अन्तिम चरण डबल राउन्ड रोबिन फम्र्याटमा भयो।
जहाँ एपीएफले ८ मा ८ खेल नै जित्यो।