पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत विभागीय त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबबीचको खेल स्थगित भएको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो।
सुनिल भलिबल क्लबले पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो।
तेस्रो सेटमा भने विभागीय आर्मी २५–१८ ले खेलमा फर्किएको थियो।
त्यसपछि खेल स्थगित भएको हो।
अब, आर्मी र सुनिल भलिबल क्लबबिचको खेल भोली (बिहीबार) हुनेछ।
यसअघि, स्थगित भएको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीचको खेल पनि भोलि (बिहीबार) ने हुने खेल तालिका छ।