घरेलु गण्डकी प्रदेश भलिबल संघले पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबलको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।
एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल क्लबलाई ३–१ ले पराजित गर्दै गण्डकीले दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो।
पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन जित निकाल्दै दोस्रो क्वालिफायरमा आफ्नो स्थान बनायो।
गण्डकीले पहिलो सेट ३१–३३ ले गुमाएको थियो।
गण्डकीले १६–११ को अग्रतालाई जोगाउन नसक्दा पहिलो सेट गुमायो।
तर, गण्डकीले दोस्रो सेटमा २५–१७ को सहज जीत निकाल्यो।
तेस्रो सेटमा पनि गण्डकीले सुनिल क्लबमाथि २५–१६ को अंकमा हाबी बन्दै जीत निकाल्यो।
चौथो सेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै घरेलु गण्डकी २५–१७ ले जीत निकाल्यो।
अब, गण्डकीले फाइनल प्रवेशका लागि शनिबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। आर्मीले पहिलो क्वालिफायरमा नेपाल पुलिस क्लबसँग ३–२ सेटले पराजित भएको थियो।
यसअघि, शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै विभागीय सशस्त्र प्रहरी बल, एपीएफ क्लब महिलातर्फ फाइलनमा प्रवेश गरेको छ।
पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइनल प्रवेशका लागि टिपटप न्यु–डायमण्ड स्पोटर््स क्लबसँग प्रतिस्पर्धा गर्नेछ।