टाइगर कप भलिबलः महिलातर्फ आयोजक टाइगर ग्रुप फाइनल पुग्यो

दोस्रो क्वालिफायरमा टाइगर ग्रुपले न्यु–डायमण्डलाई ३–१ सेटले हरायो

जनसम्मत
माघ १९, २०८१, शनिबार

महिलातर्फको आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा आज (शनिबार) भएको दोस्रो क्वालिफायरमा न्यु–डायमण्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइनल यात्रा तय गरेको हो।

आयोजक टोलीले अब उपाधिका लागि भोलि (आइतबार) विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

पहिलो सेट गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल पक्का गरेको छ।

टाइगर ग्रुपले पहिलो सेट १६–२५ ले गुमाएको थियो।

दोस्रो सेट २५–१९ ले जीत निकाल्दै आयोजक टाइगर ग्रुप खेलमा फर्कियो।

तेस्रो सेटमा आयोजक टोलीले २५–१५ को सहज जीत निकाल्यो।

चौथो सेटमा २५–२३ ले आफ्नो पक्षमा कठिन जीत निकाल्यो।