म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई सम्बन्धि तालिम सकिएको छ।
खिवाङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा माघ ९ गतेदेखि १५ गतेसम्म तालिम संचालन भएको हो।
तालिममा ३७ जनाको सहभागिता रहेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।
तालिममा रघुगंगा गाउँपालिका–३ का शिव भण्डारी र नन्दबहादुर कार्कीले प्रयोगात्मक सीप प्रदान गरेका थिए।
गाउँघरमा पाइने बाँसबाट मुढा बनाउने सीप सिकाइएको हो।
गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, शिक्षा अधिकृत गणेशबहादुर कटुवाललगायत जनप्रतिनिधिहरुको उपस्थितिमा तालिम समापन गरिएको थियो।
तालिमले स्थानीय स्तरमा आवश्यक मुढाको तयार पार्ने सीपयुक्त जनशक्ति तयार, खेर गइरहेको बाँसको सदुपयोग, रोजगारी र आय-आर्जनको अवसर सिर्जना गर्न सहयोग पुगेको बताइएको छ।
तालिम समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुन, वडाध्यक्ष खड्का, शिक्षा अधिकृत कटुवालले सिकेका सीपलाई ब्यवसायमा रुपान्तरण गर्न आग्रहसमेत गरे।
अन्नपूर्ण गाउँपालिकामा रहेका सामुदायिक सिकाई केन्द्रहरुले सीपमुलक तालिम, आय-आर्जन वृद्धि र नेतृत्व तथा क्षमता विकाससम्बन्धी कार्यक्रम गर्दै आएका छन्।