घरेलु गण्डकी प्रदेशलाई हराउँदै पुरुषतर्फ विभागीय नेपाल पुलिस क्लबले पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबलको च्याम्पियन बनेको छ।
पोखरामा आइतबार सम्पन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल खेलमा घरेलु गण्डकीलाई पुरुषतर्फको उपाधि विभागीय पुलिसले जितेको हो।
पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा घरेलु गण्डकीलाई ३–१ को सेटले हराउँदै पुलिसले पुरुषतर्फको उपाधि जित्यो।
पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो।
पहिलो सेट पुलिसले २५–२३ मा कठिन जीत निकाल्यो।
दोस्रो सेट २५–२१ ले जित्यो।
दोस्रो सेटमा १२–१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५–२१ को जित निकालेको थियो।
गण्डकीसँग पुलिसले तेस्रो सेट भने २०–२५ ले गुमायो।
चौथो सेट २५–२२ ले जित निकाल्दै पुलिसले उपाधि चुम्यो।
उपाधि विजेता पुलिसले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कार जित्यो।
उपविजेता गण्डकीले २ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कारमा चित्त बुझायो।