अर्जुन काफ्ले प्रेस सेन्टर गण्डकीको पुनः अध्यक्ष

त्रिभुवन- अनिल स्मृति पुरस्कारबाट कमल खत्री र गणेश-चाँदनी स्मृति पुरस्कारबाट अस्मिता सिङ्खडा पुरस्कृत

जनसम्मत
माघ २२, २०८१, मंगलवार

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष पदमा पुनः स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन्।

उनी यसअघि पनि प्रेस सेन्टर गण्डकीको अध्यक्ष थिए।

पोखरामा सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य विभु भुसालले जानकारी दिएका छन्।

यसैगरी, महासचिवमा गुणबहादुर रोका, सचिव (दलित) मा सानेबहादुर नेपाली, जनजाति (सचिव) मा दानबहादुर गुरुङ, समावेशी (सचिव) मा सुरेश अधिकारी, खुला (सचिव) मा अग्निधर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा सविता शर्मा, सन्तोष परियार, राजकुमार छत्कुली, राजबाबु पीसी, बिमल आचार्य, फणिन्द्र अधिकारी, रवि दाहाल, लक्ष्मण दाहाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत निर्वाचित भएका छन्।

त्यसैगरी तेस्रो अधिवेशनको क्रममा त्रिभुवन- अनिल स्मृति पुरस्कारबाट म्याग्दीका अध्यक्ष कमल खत्री र गणेश-चाँदनी स्मृति पुरस्कारबाट अस्मिता सिङ्खडालाई पुरस्कृत गरिएकाे छ ।