त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले लगातार चौथो हार ब्यहोरेको छ।
आज (मंगलबार) भएको खेलमा थाइल्यान्डले नेपाललाई ५ रनले हरायो।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रनमात्र बनाउन सक्यो।
नेपालका शीर्ष क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका रुबिना क्षत्रीले सर्वाधिक २६ रन बनाइन्।
त्यसैगरी, कविता जोशीले २४ रन जोडिन्।
त्यस्तै, रोमा थापाले नटआउट १९ रन थपिन्।
यसैगरी, पूजा महतोले १८ रन बनाइन्।
अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
थाइल्यान्डकी थिपाचा पुथावोङले सर्वाधिक ४ विकेट लिइन्।
यसअघि, टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनायो।
थाइल्यान्डका चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाइन्।
त्यसैगरी, थिपाचा पुथावोङले २५ रन बनाइन्।
थाइल्यान्डले ५६ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौं विकेटका लागि चानिदा र थिपाचाले नटआउट ५० रनको साझेदारी गरे।
नेपालकी मनिषा उपाध्यायले सर्वाधिक ३ विकेट लिइन्।
नेपालले यसअघि नेदरल्यान्ड्ससँग २ पटक र थाइल्यान्डसँग १ पटक पराजित भएको थियो।
थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
नेदरल्यान्ड्स ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ।
नेपाल अंकविहीन हुँदै पुछारमा छ।
प्रतियोगितामा भोलि (बुधबार) नेपाल र नेदरल्यान्ड्स खेल्दैछन्।
लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ।