आहा ! रारा गोल्डकपः चर्च ब्वाइज क्वाटरफाइनलमा

चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा ६–५ ले हरायो

जनसम्मत
माघ २४, २०८१, बिहीवार

चर्च ब्वाइज फुटबल क्लबले आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ।

न्युरोड टिम (एनआरटी) क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड आहा ! रारा पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा पुगेको हो।

पोखरा रंगशालामा आज (बिहीबार) भएको तेस्रो प्रि–क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा ६–५ गोलले हरायो।

निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेलमा ३० मिनेट थप भएको थियो।

थप समयमा पनि गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको हो।

अब, चर्च ब्वाइजले क्वाटरफाइनलमा माघ २८ गते त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।

प्रतियोगितामा ३ वटा विदेशीसहित १२ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन्।

२४ औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।