तनहुँको ऋषिङ–१ को वडा कार्यालय भवन उद्घाटन

२ ढलानको वडा कार्यालय भवन ९१ लाखको लागतमा बनेको हो

जनसम्मत
माघ २५, २०८१, शुक्रबार

तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–१ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ नवनिर्मित वडा कार्यालय भवनकोे एक समारोहबीच उदघाटन गरे।

२ ढलानको वडा कार्यालय भवन ९१ लाखको लागतमा बनेको हो।

भवन निर्माण भएसंगै ऋषिङ गाउँपालिका मातहत रहेका ८ वटै वडाका आफ्नै भवन रहेको गाउँपालिका प्रवक्ता बिजय दरैले जानकारी दिएका छन्।

त्यसैगरी, आधारभूत स्वास्थ्य चौकी पनि अधिकांश वडाको आफ्नै भवन रहेको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका बिकास निर्माणमा गाउँपालिकाले प्राथामिकता दिदै आएको औंल्याए।

‘सबै वडावासी एकजुट भएर अगाडि बढे मात्रै कामले गति लिन सक्छ। भवन निर्माण भएसंगै नागरिकलाई सेवा प्रवाहमा सहज हुन्छ’, अध्यक्ष श्रेष्ठको विश्वास छ।

नवनिर्मित ऋषिङ सभाहल १ करोड ५१ लाखमा निर्माण भएको र १० लाख बराबरको फर्निचरको व्यवस्था वडा कार्यलयले गरेको वडाध्यक्ष कुशबहादुर थापाले जानकारी दिएका छन्।

भवन उद्घाटन कार्यक्रममा पालिकाका उपाध्यक्ष गिनुमायाँ थापा, प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई, नेका तनहुँका जिल्ला सदस्य मोहन गिरी, नेपाली कांग्रेस ऋषिङ गाउँपालिका सभापति श्रीबहादुर आले, समाजसेवी भूपालसिंह थापा, मधुसिंङ थापा, नेपाल पत्रकार महासंघ तनहुँका सभापति डीपी अधिकारीलगायतले नवनिर्मित भवनबाट नागरिकहरुले अझ सहज ढंगबाट सेवा प्रवाह गर्न आग्रह गरेका थिए।