नेपाल मगर विद्यार्थी संघले जित्यो ऋषिङ खुल्ला कौराहा उपाधि

६ टिमलाई पछि पादैं नेपाल मगर संघले ७० हजार नगद पुरस्कार जित्यो

जनसम्मत
माघ २१, २०८१, सोमबार

नेपाल मगर विद्यार्थी संघ, तनहुँले ऋषिङ खुल्ला कौराहा प्रतियोगिताको उपाधि जितेको छ।

तनहुँको ऋषिङ गाउँपालिकामा आइतबार आयोजित खुल्ला कौराहा प्रतियोगितामा नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति तनहुँ प्रथम भएको हो।

विजेता नेपाल मगर विद्यार्थी संघ, तनहुँले ७० हजार रुपैयाँ नगद पुरस्कार जित्यो।

त्यसैगरी, दोस्रो भएको ऋषिङ यूवा विकास समाज दोस्रो बन्यो।

दोस्रो भएको ऋषिङ यूवा विकास समाजले ४५ हजार रुपैयाँ नगद पुरस्का हात पा-यो।

प्रतियोगितामा तेस्रो भएको ऋषिङ सांस्कृतिक समूह ऋषिङ–६ ले २५ हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझायो।

यस्तै, कितीया कान्राहा मगर समाज घिरिङ–५ ले सात्वना हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार हात पा-यो।

बिजयी टिमलाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाथा थापा, प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रतियोगितामा ६ समूहले प्रतिस्पर्धा गरेको गाउँपालिका प्रवक्ता बिजय दरैले जानकारी दिएका छन्।