तनहुँको म्याग्देमा दोस्रो संस्करणको गाँउपालिका अध्यक्ष कप हुँदै

प्रतियोगितामा इलाभेन ‘ए’ साइड फुटबल, महिला तथा पुरुष भलिबल र ‘सी’ लेभलको ब्याटमिन्टनका खेलहरु हुनेछन्

जनसम्मत
माघ २२, २०८१, मंगलवार

तनहुँको म्याग्दे गाउँपालिकामा दोस्रो संस्करणको गाँउपालिका अध्यक्ष कप-२०८१ हुने भएको छ।

म्याग्दे गाउँपालिकाले ‘म्याग्देको पर्यटन विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ दोस्रो संस्करणको गाँउपालिका अध्यक्ष कप गर्न लागेको हो।

अध्यक्ष कपअन्तर्गत गण्डकी प्रदेश पालिकास्तरीय इलाभेन ‘ए’ साइड नकआउट पुरुष फुटवल प्रतियोगिता गर्न लागेको हो।

त्यसैगरी, जिल्ला स्तरीय सी लेभल व्याटमिन्टन प्रतियोगिता र म्याग्दे गाँउपालिका वडास्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता हुने जनाकारी गराइएको थियो।

आगामी फागुन १३ गतेदेखि २२ गतेसम्म गण्डकी प्रदेश पालिकास्तरीय इलाभेन ‘ए’ साइड नकआउट पुरुष फुटवल प्रतियोगिता हुनेछ।

फुटवल प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ ट्रफी, मेडल, प्रमाण-पत्र पुरस्कार पाउनेछन्।

उपविजेताले १ लाख ५० हजार रुपैयाँ ट्रफी, मेडल, प्रमाण-पत्र पुरस्कार पाउने गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनाकारी दिएका छन्।
त्यस्तै, उत्कृष्ट खेलाडीले १० हजार पुरस्कार पाउनेछ।

विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार नगद पुरस्कार पाउनेछन्।

त्यस्तै, जिल्लास्तरीय सी लेभल व्याटमिन्टन प्रतियोगिता अगामी फागुनको १६ र १७ गते संचालन हुनेछ।

व्याटमिन्टन प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपयाँ ट्रफी, मेडल र प्रमाण-पत्र पुरस्कार पाउनेछन्।

दोस्रो हुनेले ३० हजार रुपैयाँ ट्रफी, मेडल, प्रमाण-पत्र पाउने गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जनाकारी दिए।

प्रतियोगिताको सेमिफाइनलिस्ट २ टोलीले १० हजार रुपैयाँ ट्रफी, मेडल, पमाण-पत्र पुरस्कार गउने अधिकारीले बताए।

त्यस्तैगरी, गाँउपालिका वडास्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता अगामी फागुनको ८ गते देखि १० गते सम्म संंचालन हुनेछ।

गाँउपालिकाअन्तर्गत ७ वडाका पुरुष तथा महिला भलिवल प्रतियोगिता गर्न लगिएको हो।

सो प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ ट्रफी, मेडल, प्रमाण-पत्र पुरस्कार पाउनेछ।

यस्तै, उपविजेताले ५० हजार रुपैयाँ ट्रफी, मेडल, प्रमाण-पत्र पुरस्कार पाउनेछ।

प्रतियोगितामा पुरुष तथा महिला भलिवलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट व्लकर, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगोे अंकित खेलकुद पोशाक प्रदान गरिने गाँउपालिकाले जनाएको छ।

म्याग्दे-५ स्थित जनकल्यण युवा क्लव, म्याग्दे-२ न्यु भिजन युवा क्लव, म्याग्दे-४ थर्पु व्याटमिन्टन क्लव र म्याग्दे-४ आदर्श नमुना क्लवले सहयोगमा गाउँपालिका अध्यक्ष कप प्रतियोगिता हुनेछ।

प्रतियोगिता म्याग्दे-५ को छाङ पाटनमा हुनेछ।