भारतको थन्डरबोल्टले आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ।
काठमाण्डौंको संकटा क्लबलाई हराउँदै पाहूना टोली भारतको थन्डरबोल्टले आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको हो।
पोखरा रंगशालामा आज (शुक्रबार) भएको चौथो प्रि–क्वाटरफाइनलमा थन्डरबोन्टले संकटालाई ३–१ गोलले हरायो।
थन्डरबोल्टका फ्रान्कलिन कुटे टाला, करन राई र आदर्श तामाङले गोल गरे।
संकटाका मनिष पौडेलले एकमात्र गोल गरे।
अब, थन्डरबोल्टले क्वाटरफाइनलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ।
प्रतियोगितामा ३ वटा विदेशीसहित १२ वटा टोलीले प्रतिस्पर्धा गरेका छन्।
२४ औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।
त्यसैगरी, उपविजेताले ६ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।