रवि लामिछाने चितवनबाट पनि ५४ लाख धरौटीमा छुटे

चितवन जिल्ला अदालतमा लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिनामा मुद्दा दायर छ

जनसम्मत
माघ २४, २०८१, बिहीवार

रास्वपा सभापति रवि लामिछाने चितवनबाट पनि ५४ लाख धरौटीमा छुटेका छन्।

चितवन जिल्ला अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

साहारा सहकारीको रकम ठगी मुद्दामा लामिछानेलाई न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

यसअघि, लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख धरौटीमा छुटेका थिए।

यसैगरी, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख धरौटीमा छुटेका थिए।

यस्तै, सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए।

सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिनामा मुद्दा दायर गरेको थियो।