पोखरामा जारी २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।
उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले सेमिफाइनलमा स्थान बनाएसँगै आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको हो।
पोखरा रंगशालामा आज (मंगलबार) भएको अन्तिम क्वार्टरफाइनलमा अर्को पाहूना टोली सिक्किमको थन्डरबोल्ड नर्थ युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स क्लबले सेमिफाइनलमा स्थान बनायो।
ब्ल्याक बुल्स क्लबका लागि इस्लोम्जन अब्दुकोडिरोभ, सयदज्मोल दब्लाजोनोभ र शाब्कात्जोनले १ गोल गरे।
इस्लोम्जन अब्दुकोडिरोभ ब्ल्याक बुल्सका लागि खेलको ३८ औँ मिनेटमा पहिलो गोल गरे।
सयदज्मोल दब्लाजोनोभले ७३ औँ मिनेटमा गोल गरे।
त्यसको २ मिनेटपछि शाब्कात्जोनले तेस्रो गोल गरे।
बुधबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड भिड्नेछन्।
फागुन १ गते हुने दोस्रो सेमिफाइनलमा थ्रीस्टार र ब्ल्याक बुल्स भिड्नेछन्।
माघ २३ देखि जारी प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ।
यस संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितमा ३ विदेशीसहित १२ टोली प्रतियोगितामा सहभागी थिए।
उपाधि विजेताले १२ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।
उपविजेताले ६ लाख नगद रुपैयाँ नगदसहित पुरस्कार पाउनेछ।