पाहूना टोली उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ।
पोखरा रंगशालामा आज (विहीबार) भएको दोस्रो सेमिफाइनलमा ब्ल्याक बुल्सले ललितपुरको थ्री स्टारलाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो।
अब, ब्ल्याक बुल्सले उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ।
हिँजो (बुधबार) भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई हराउँदै पुलिस क्लब फाइनलमा पुगेको थियो।
फाइनल खेल पर्सि (शनिवार) हुनेछ।
२४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप विजेताले १२ लाख १ हजार पुरस्कार पाउनेछ।
यस्तै, उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ।