आहा ! रारा गोल्डकपः विभागीय पुलिस उपाधि नजिक

पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइजलाई १–० ले हराउँदै विभागीय पुलिस फाइनलमा

जनसम्मत
माघ ३०, २०८१, बुधबार

विभागीय टोली नेपाल पुलिस क्लब २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ।

पोखरा रंगशालामा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड एफसीलाई १–० ले हराउँदै विभागीय पुलिस क्लबले फाइनलमा स्थान बनाएको हो।

पुलिसको जीतमा सञ्जीव लामाले एकमात्र गोल गरे।

पोखरा गोल्डकपमा आजको खेल २५० औं हो।

२०५८ सालमा क्याराभान गोल्डकपको नामबाट यो प्रतियोगिता सुरू भएको थियो।

पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा भोलि (बिहीबार) थ्री स्टार क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्दैछन्।

फाइनल खेल फागुन ३ गते शनिवार हुनेछ।

२४ औं संस्करणको विजेताले १२ लाख १ हजार पुरस्कार पाउनेछ।

उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ।