केन्याका विल्सनले जिते १९ औं संसकरणको सफल पोखरा म्याराथन उपाधि

निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी २ घण्टा १७ मिनेट २४ सेकेन्डमा पूरा गर्दै विल्सन म्याराथनको च्याम्पियन बने

जनसम्मत
फागुन ३, २०८१, शनिबार

केन्याका विल्सन चेरियोटले १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन्।

पोखरामा शनिबार सम्पन्न निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी २ घण्टा १७ मिनेट २४ सेकेन्डमा पूरा गर्दै विल्सन पहिलो भए।

विल्सनले उपाधिसँगै ५ लाख पुरस्कार जिते।

स्पर्धामा केन्या कै जुलियस मुरियुकी वाहहोम दोस्रो बने।

जुलियसले निर्धारित दूरी २ घण्टा १७ मिनेट २६ सेकेन्डमा पार गरे।

दोस्रो बनेका जुलियसले ३ लाख पुरस्कार जिते।

विदेशी खेलाडीको वर्चस्व रहेको स्पर्धामा केन्याकै ओनेसमस गीताउ तेस्रो बने।

ओनेमससले २ घण्टा १८ मिनेट ५१ सेकेन्डको टाइमिङ निकाले।

तेस्रो भएका ओनेमससले २ लाख पुरस्कार जिते।

शीर्ष ३ खेलाडीले गत वर्षको कोर्स रेकर्डलाई तोडेका छन्।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नेपालका किरणसिंह बोगटी चौथो भए।

बोगटीले २ घण्टा ३८ मिनेट २२ सेकेन्डमा दूरी तय गरे।

चौथो बनेका बोगटीले १ लाख पुरस्कार जिते।

पोखरा रंगशालाबाट सुरु भएको म्याराथन पोखरा महानगरको विभिन्न भाग हुँदै हल्लनचोकमा पुगेर टुंगिएको थियो।