सन्तोषीले जितिन् १९ औं संस्करणको सफल पोखरा हाफ म्याराथन

सन्तोषीले २१ किमि दौडको निर्धारित दूरी १ घन्टा २० मिनेट ०३ सेकेण्डमा पूरा गर्दै सफल पोखरा हाफ म्याराथनको च्याम्पियन बनिन्

जनसम्मत
फागुन ३, २०८१, शनिबार

नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठले महिलातर्फको १९ औं संस्करणको सफल हाफ म्याराथन जितेकी छन्।

सन्तोषीले २१ किमि दौडको निर्धारित दूरी १ घन्टा २० मिनेट ०३ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बनिन्।

विजेता सन्तोषीले पोखरा म्याराथनको उपाधिसँगै १ लाख ५० हजार पुरस्कार जितिन्।

पोखरा म्याराथनमा सन्तोषीको लगातार दोस्रो जित हो।

त्यस्तै, केन्याली धाविका स्वारोन जोनोटिकले १ घन्टा २१ मिनेट ०७ सेकेण्डको समय लगाउँदै दोस्रो बनिन्।

दोस्रो बनेकी स्वारोनले १ लाख रुपैयाँ नगद पुरस्कार जितिन्।

पुष्पा भण्डारीले १ घन्टा २३ मिनेट ०८ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो बनिन्।

तेस्रो बनेकी पुष्पाले ७५ हजार पुरस्कार जितिन्।

उक्त स्पर्धामा आश्मा विक चौथो बनिन्।

आस्माले १५ हजार पुरस्कार जितिन्।

द्रौपताकुमारी कठायतले पाँचौ स्थान हासिल गर्दै ५ हजार पुरस्कार जितिन्।