केन्याली धावक जोन बान्सतराले १९ औं संस्करणको पुरुष २१ किमिको सफल पोखरा हाफ म्याराथन जितेका छन्।
जोन बान्सतराले १ घन्टा ०९ मिनेट ०७ सेकेण्डको समयमा दौड पूरा गर्दै सो स्पर्धामा पहिलो बने।
विजेता जोन बान्सतराले ७५ हजार पुरस्कार जिते।
नेपाली धावक सन्तोषविक्रम विष्टले १ घन्टा ९ मिनेट ५६ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए।
दोस्रो भएका सन्तोषविक्रमले ५० हजार पुरस्कार जिते।
गजेन्द्र राईले १ घन्टा १० मिनेट ०२ सेकेण्डमा दौड पूरा गरी तेस्रो बने।
तेस्रो बनेका गजेन्द्रले ३० हजार पुरस्कार जिते।
केन्याली धावक इम्यान्युएल किप्तारबी चौथो बने।
इम्यान्युएलले १५ हजार पुरस्कार जिते।
उमेश थापा पाचौ बने।
उमेशले ५ हजार पुरस्कारमा चित्त बुझाए।
गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री पहिलो बने।
निरोजले निर्धारित दूरी पार गर्न २ घन्टा ३८ मिनेट २२ सेकेण्डको समय लिए।
उपाधिसँगै विजेता निरोजले ५० हजार पुरस्कार जिते।
त्यस्तै, रिखुलाल मगर दोस्रो भए।
दोस्रो भएका रिखुलालले ३० हजार पुरस्कार हात पारे।
दिनेश सिंह बोगोटी तेस्रो बने।
दिनेशले २० हजार पुरस्कार जिते।
मिनराशी विक चौथो बने।
चौथो भएका मिनराशीले १५ हजार पुरस्कार हात पारे।
उक्त स्पर्धामा अशोक बराम पाँचौ, सनम गुरूङ छैटौं र प्रितम गुरूङले सातौ स्थान प्राप्त गरे।
अशोकले ८ हजार, सनमले ६ हजार र प्रितमले ४ हजार पुरस्कार प्राप्त गरे।
यता, १० किमि पुरुष दौडमा ३६ मिनेट ०५ सेकेण्डमा दौड पूरा गरी शुभम लामिछाने पहिलो भए।
विजेता शुभमले ३० हजार पुरस्कार जिते।
त्यस्तै, यो स्पर्धामा राजेन्द्र तामाङ दोस्रो भए।
दोस्रो बनेका राजेन्द्रले उनले ३६ मिनेट १४ सेकेण्डमा दौड पुरा गरे।
राजेन्द्रले २० हजार पुरस्कार प्राप्त गरे।
३६ मिनेट ४७ सेकेण्डमा दौड पूरा गरी बादल कार्की तेस्रो बने।
बादलले १० हजार पुरस्कार हात पारे।
महिलातर्फको १० किमि दौडमा सुमित्राकुमारी चौधरी पहिलो बनिन्।
सुमित्राले निर्धारित दूरी पार गर्न ३८ मिनेट ५६ सेकेण्ड लगाइन्।
पहिलो बनेकी सुमित्राले ३० हजार नगद पुरस्कार जितिन्।
यो स्पर्धामा ४४ मिनेट ३२ .८ सेकेण्डमा दौड पूरा गरेकी आशा रावत दोस्रो बनिन्।
आशाले नगद २० हजार रुपैयाँ पुरस्कार हात पारिन्।
त्यसैगरी, यस स्पर्धामा ४४ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरी नारायणी भण्डारी तेस्रो बनिन्।
नारायणीले १० हजार पुरस्कार प्राप्त गरिन्।
म्याराथन अन्तर्गत नै सम्पन्न ५ किमि छात्रतर्फ सगुन लामिछाने, सुजन नेपाली र ईश्वर ढकाल क्रमश पहिलो, दोस्रो र तेस्रो भए।
पहिलो बनेका सगुनले १५ हजार, दोस्रो भएका सुजनले १० हजार र तेस्रो बनेका ईश्वरले ७ हजार पुरस्कार प्राप्त गरे।
त्यसैगरी, छात्रातर्फ मेनुका अधिकारी, एन्जिला जिटी र साधना परियार क्रमशः पहिलो, दोस्रो र तेस्रो भए।
पहिलो बनेकी मेनुकाले १५ हजार, दोस्रो बनेकी एन्जिलाले १० हजार र साधनाले ७ हजार प्राप्त गरे।
भेट्रान्स पुरुष ५० माथिको दैडमा धर्म महर्जन पहिलो, रेवत बहादुर ढकाल दोस्रो र अभीनारायण अधिकारी क्रमश पहिलो, दोस्रो र तेस्रो बने।
पहिलो बनेका धर्मले १५ हजार, दोस्रो बनेका रेवतबहादुरले १० हजार र तेस्रो भएका अभिनारायणले ७ हजार पुरस्कार प्राप्त गरे।
महिलातर्फ टोलमाया थापा पहिलो, दुर्गालक्ष्मी गुरूङ दोस्रो र राममाया गुरूङ तेस्रो भइन्।
पहिलो बनेकी टोलमायाले १५ हजार, दोस्रो बनेकी दुर्गालक्ष्मीले १० हजार र तेस्रो बनेकी राममायाले ७ हजार पुरस्कार हात पारे।
यसअघि, पोखरा रंगशालाबाट सुरू भएको १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको संघिय सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका थिए।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास यूवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, पोखरा महनगरका मेयर धनराज आचार्य, मुख्य प्रायोजक संस्था लक्ष्मी ग्रुप हाउसका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठ, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरूङ, सदस्य सचिब श्रीधर शर्मा, लक्ष्मी ग्रुप हाउसका कार्यकारी निर्देशक सुनिल श्रेष्ठलगायतको सहभागिता थियो।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरूङको अध्यक्षतामा कार्यक्रम भएको थियो।