४ देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (सोमबार) भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले हरायो।
नेपालका लागि खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गरिन्।
प्रतियोगितामा आज नै भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले हरायो।
४ देशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन्।
प्रतियोगिताका लागि विदेशमा लिग खेलिरहेका नेपाली खेलाडीहरू एन्जिला सुब्बा तुम्बापो, रेखा पौडेल र सावित्रा भण्डारी स्वदेश आइपुगेका छन्।
सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष २ टोली फाइनलमा पुग्नेछन्।
फाइनल खेल फागुन १४ गते हुनेछ।