पोखराका क्रियाशील पत्रकार ईन्द्रप्रसाद पौडेल पुनः प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको अध्यक्ष बनेका छन्।
यसअघि, २०७८ फागुन १९ मा पोखरामा सम्पन्न ऐतिहासिक प्रथम महाधिवेशनबाट इन्द्रप्रसाद पौडेल अध्यक्ष बनेका थिए।
पौडेलको नेतृत्वमा तत्कालीन ४५ सदस्यीय गण्डकी प्रदेश समिति निर्वाचित भएको थियो।
सोमबार नवलपुरमा भएको दोस्रो अधिवेशनबाट उनी आगामी ३ वर्षे कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत् अध्यक्षमा दोहोरिएका हुन्।
कान्तिपुर टेलिभिजनमा कार्यरत पौडेल लामो समयदेखि पोखरालाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील छन्।
जसको महासचिवमा समेत आशबहादुर गुरुङ दोहोरिएका छन्।
लमजुङका गुरुङ पनि कान्तिपुर दैनिकमै कार्यरत् छन्।
कार्यसमितिको उपाध्यक्षमा ईतराज गुरुङ, उपाध्यक्ष (महिला) मा रञ्जिता शर्मा, कोषाध्यक्षमा मदनराज तिमिल्सिना तथा ५ सचिवमा सिर्जना बराल, गौरव त्रिपाठी, गोपाल जिटी, बालकृष्ण सुवेदी र दिलबहादुर वि.क. छन्।
त्यसैगरी, सदस्यमा रोशन लामिछाने, राजन पौडेल, डा. नरनाथ पाण्डे, हरि सुवेदी (सुशील), राम सुनार, अर्जुन गाहा (सुशान्त), विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहरा, नीरज थकाली छन्।
प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले अधिवेशनको उद्घाटन गरेका थिए।
अध्यक्ष मण्डलको अध्यक्षमा गणेश पाण्डे र निर्वाचन आयोग अध्यक्षमा गणेश खनाल थिए।
मुलुक संघीय संरचनामा गएसँगै २०७३ जेठ ६ मा उपाध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा रामकृष्ण शर्मा सचिव रहने गरी प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समिति विस्तार भएको हो।
२०७५ जेठ ३ मा प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकतापछि प्रेस संगठन नेपाल स्थापना भयो।
पार्टी एकता टुटेसँगै प्रेस चौतारी नेपाल पूर्ववत् अवस्थामा फर्कियो।
केन्द्रीय निर्देशनअनुसार रामकृष्ण शर्मा इञ्चार्ज, श्यामनाथ कुँवर सह–इञ्चार्ज, सुष्मा पौडेल संयोजक, विद्रोही गिरी सह–संयोजक, रुद्र श्रीष सह–संयोजकसहित ७५ सदस्यीय प्रदेश समिति गठन भएको थियो।