गण्डकी प्रदेशका सामाजिक मन्त्री र भारतको पुदुचेरी सरकारका पदाधिकारीबीच भेटवार्ता

भेटवार्ताले भविष्यमा गण्डकी प्रदेश र पुदुचेरी सरकारबीच सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ

जनसम्मत
फागुन १९, २०८१, सोमबार

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुुकुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारीबीच भेटवार्ता भएको छ।

सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन तथा माछा व्यवसाय कल्याण, कानून, सूचना प्रविधि तथा मुद्रण विभागका मन्त्री माननीय के.लक्ष्मीनारायणन, उपसभामुख पी.राजवेलु र पुदुचेरी विधानसभाका सचिव जे.दयालनलगायतको टोलीसँग भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, सामाजिक क्षेत्र सुधार तथा सूचना प्रविधिमा सहकार्यका संभावनाहरूबारे छलफल भएको छ।

गण्डकीका मन्त्री थापाले पुदुचेरीको पर्यटन विकास र प्रशासनिक व्यवस्थापनका अनुभवहरूबाट सिक्ने अवसर रहेको बताए।

दुवै प्रदेशबीच आपसी अनुभव आदान–प्रदान गर्नुपर्नेमा मन्त्री थापाले जोड दिए।

पुदुचेरीका मन्त्री लक्ष्मीनारायणनले दुई प्रदेशबीच पर्यटन, खेलकुद, सामाजिक विकास तथा प्रविधि क्षेत्रमा सहकार्यका ढोका खोल्न सकिने औंल्याए।

यस भेटवार्ताले भविष्यमा गण्डकी प्रदेश र पुदुचेरी सरकारबीच सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

गण्डकीका मन्त्री थापाले यो भेटवार्ता फलदायी भएको उल्लेख गरे।

आगामी दिनहरूमा थप सहकार्यका संभावनाहरू खोज्ने प्रतिबद्धतासमेत व्यक्त गरे।