पोखराको लेखनाथमा दोस्रो संस्करणको सूर्य तारा खेलकुद महोत्सव हुने भएको छ।
पोखरा लेखनाथलाई खेलकुद केन्द्रको रुपमा अघि बढाउन खेलक्ुद महोत्सवलाई निरन्तरता दिन लागेको आयोजक सूर्य तारा क्लबले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
आयोजकले बताएअनुसार दोस्रो सूर्य तारा खेलकुद महोत्सव २०८१ मा पुरूष फुटबलसहित विभिन्न ७ खेलछन्।
पोखरा–२९ लेखनाथमा हुने दोस्रो संस्करणको सूर्य तारा खेलकुद महोत्सव यही फागुन २४ देखि चैत्र २ गतेसम्म आयोजना हुनेछ।
क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक विष्णु पुनका अनुसार प्रतियोगितामा सूर्य तारा नेकोस कप फुटबल, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता, खुल्ला महिला स्लो स्कुटर रेस, राष्ट्रिय महिला डोरीतान प्रतियोगिता, खुल्ला टेबल टेनिस प्रतियोगिता र एथलेटिक्सका प्रतिस्पर्धा हुनेछन्।
त्यस्तै विभिन्न जातीय संघ÷संस्थास्तरीय झाँकी प्रदर्शनीसमेत प्रतियोगितामा समावेश गरिने आयोजकले बताएको छ।
नेकोस फुटबलतर्फ १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
फुटबल प्रतियोगिताका बिजेता टिमले ४ लाख ४ हजार ४४४ नगदका साथमा ट्रफी, मेडल तथा प्रमाणत्र पुरस्कार प्राप्त गर्नेछ।
उपविजेताले २ लाख २ हजार २२२ रुपैयाँ नगद पुरस्कार पाउनेछ।
महोत्सव अवधीभर प्रत्यक्ष अप्रत्यक्ष १५ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ।
खेलकुद महोत्सव सम्पन्न गर्न करिव ८१ लाख खर्च हुने अध्यक्ष पुनले बताए।
फुटबल अवलोकनका लागि भने पहिलो चरणमा नगद १ सय र सेमीफाइनल र फाइनलका लागि टिकट मूल्य २ सय रुपैयाँ तोकिएको उनले बताए।