वर्ल्डलिंकको नयाँ ग्राहक बन्दा र सेवा नविकरण गर्दा आइफोन १६ उपहार

मुलुकको ७४ जिल्लामा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ

जनसम्मत
फागुन २०, २०८१, मंगलवार

वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ ग्राहक एवं सेवा नविकरण गर्दा १० भाग्यशाली विजेतालाई आइफोन १६ उपहार दिने घोषणा गरेको छ।

आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ सेवा एवं नविकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आइफोन १६ उपहार दिने घोषणा गरेको हो।

मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई सवै क्षेत्रमा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ।

मुलुकको ७४ जिल्लामा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ।

१० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तिमा ५० लाख नागरिकको संख्यामा वर्ल्डलिंकको सेवा पुग्नु यसैको सफल उदारहण वल्र्डलिंकले जनाएको छ।

इन्टरनेट सेवालाई दुरदराज र ग्रामिण भेगमा थप विस्तारका लागि र आम नेपालीको पहुँचमा पु-याउनका लागि पनि वर्ल्डलिंकले प्रतिवद्धता जनाएको छ।

फागुन महिनाको अन्त्यसम्ममा १० लाख घरधुरी पु-याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

१० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तिमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा ग्राहकहरुको अतुलनीय योगदान रहेको वर्ल्डलिंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पिनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरुको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घर धुरीमा पुग्न सफल भएका छौ। सो अवसरमा नयाँ सेवा लिने र नविकरण गर्ने कम्तिमा १० जना सेवा ग्राहीलाई आइफोन १६ उपहार घोषणा गर्न पाउँदा खुसी छौं।’