राम गुरुङ नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्ष

संघको नवौं अधिवेशनले गुरुङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो

जनसम्मत
फागुन २६, २०८१, सोमबार

पोखराका क्रियाशील अग्रज फोटो पत्रकार राम गुरुङ नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको अध्यक्षमा निर्वाचित भएका छन्।

पोखरामा भएको संघको नवौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।

संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यहरुमा संजय शाक्य, गिरीधारी पोखरेल र प्रवेश पोखरेल निर्वाचित भएका छन्।

रिक्त सह–सचिवसहित ३ सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिएका छन्।

अधिवेशनको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका हुन्।

पौडलले कार्यक्रममा बोल्दै कास्कीका फोटो पत्रकारहरुले सिर्जनात्मक काम गर्नुपर्नेमा  जोड दिए।

फोटो पत्रकारका हरेक गतिविधिमा पत्रकार महासंघको सदैव साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए।

समाचारका लागि अति आवश्यक फोटो खिच्ने पत्रकारहरु एकजुट हुन आवश्यक रहेको उनले औंल्याए।

समाचार लेख्नेभन्दा फोटो पत्रकार फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने हुँदा धेरै चूनौति सामना गर्नुपर्ने बताए।