पोखराका क्रियाशील पत्रकारहरु नवराज सुवेदी र सरिता तिम्सिना पंगेनी `रुपा रत्न सम्मान’ बाट सम्मानित भएका छन्।
कास्कीको रुपा गाउँपालिकाले मंगलबार आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार सुवेदी र पंगेनीलाई सो सम्मान प्रदान गरेको हो।
पत्रकारितामार्फत रूपा र राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुलाई रुपा गाउँपालिकाले `रुपा रत्न सम्मान’ बाट सम्मानीत गरेको हो।
नेकपा एमालेका नेता एवं पार्टीको गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी, रुपा गाउँपालिका प्रमुख नवराज ओझा, उपप्रमुख लालसुब्बा गुरुङलगायतले उनीहरुलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित `रुपा रत्न सम्मान–२०८१’ सम्मान गरेका हुन्।
स्वतन्त्रता सेनानीसमेत बनिसकेका पत्रकार सुवेदी पोखराबाट प्रकाशित फेवा पोष्ट साप्ताहिक र फेवापोष्ट डट कम अनलाइनका प्रधान सम्पादक हुन्।
पंगेनी, नेपाल पत्रकार महासंघको निर्वतमान केन्द्रीय सदस्य हुन्।
पंगेनी, पोखरा पोष्ट डटकमका संचालक/सम्पादक हुन्।