४ देशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्ग नेपाल नामिबियासँग पुनः पराजित भएको छ।
नामिबियासँग नेपाल २३ रनले पराजित भएको हो।
टस जितेर सुरुमा बलिङ गरेको नेपालविरुद्ध नामिबियाले ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो।
युगान्डाको एन्टेबे क्रिकेट मैदानमा १२६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो।
नेपालका लागि साना प्रविनले सर्वाधिक ३१ रन बनाइन्।
त्यसैगरी, पूजा महतो, कप्तान इन्दु बर्मा र कविता जोशीले समान १५/१५ रन जोडे।
त्यसबाहेक नेपालका अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपाललाई सस्तैमा समेट्न युगान्डाका लागि इभिलुना केजारुकुआले २ विकेट लिइन्।
यसअघि, यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनको योगफल बनाएको थियो।
उसका लागि यास्मिन खानले ४४ बल खेल्दै ५ चौकाको सहायताले ४५ रन बनाइन्।
विल्का म्वाटिलले २० रन थपिन्।
अर्रास्टा डियर्गार्डले १६ रन जोडिन्।
त्यस्तै, कप्तान सुने विटम्यानले १५ रन थपिन्।
नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन्।
त्यस्तै, रचनाकुमारी चौधरीले २ विकेट लिइन्।
यसैगरी, रिया शर्मा र इन्दु बर्माले समान १/१ विकेट हात पारे।
योसँगै नेपालले प्रतियोगितामा तेस्रो हारको सामना गरेको छ।
नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो।
त्यस्तै, रोमाञ्चक दोस्रो खेलमा भने नेपालले घरेलु टोली युगान्डालाई १ विकेटले पराजित गरेको थियो।
तेस्रो खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको थियो।