आमसंचार परिषद् विधेयक, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुग्यो

प्रतिनिधि सभामा विधेयकमा २३ संशोधन दर्ता छन्

जनसम्मत
फागुन २८, २०८१, बुधबार

प्रतिनिधि सभाले आमसंचार परिषद् विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ ।

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रस्तावमा विधेयक मंगलबार समितिमा पठाइएको हो।

विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सदनबाट माघ २८ गते पारित भएको थियो।

प्रतिनिधि सभाबाट पारित भएपछि विधेयकको सन्देश पुनः राष्ट्रिय सभामा पठाउनेछ ।

दुवै सदनबाट पारित र प्रमाणितको प्रक्रिया पूरा भएपछि विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ।

प्रतिनिधि सभामा विधेयकमा २३ संशोधन दर्ता छन्।

अधिकांश संशोधन परिषद्का पदाधिकारी नियुक्ति र संरचनासँग सम्बन्धित छन्।

सिफारिस समितिमा विधायिकाको नियन्त्रण रहनुपर्नेलगायतका संशोधन विधेयकमा दर्ता छन्।

राष्ट्रिय सभाले भने सरकारले प्रस्ताव गरेको सिफारिस संरचना हटाएर मन्त्रीपरिषद्बाट अध्यक्ष नियुक्तिको प्रावधान राखेको थियो।

उक्त व्यवस्थामा पनि संशोधन दर्ता परेको छ।

फाइल तस्बीर