द न्यूयोर्क टाइम्स र न्यू योर्कर पत्रिकालाई २०१९ को पुलित्जर पुरस्कार, वासिङटन पोष्ट र न्युयोर्क टाइम्सलाई खोजी पत्रकारिताको अवार्ड, रोयटर्सलाई फोटो पुलित्जर अवार्ड

जनसम्मत
वैशाख ३, २०७६, मंगलवार

पोखरा । यस वर्षको पुलित्जर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई सयुक्त रुपमा प्रदान गरिएको छ ।

हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टानमाथि लागेको यौन उत्पीडनको आरोपको रिपोर्टिङका लागि द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई यस वर्षको पुलित्जर पुरस्कार प्रदान गरिएको हो ।

यस पटक पुरष्कारका लागि २४ सय भन्दा बढी आवेदनहरु परेका थिए । पुलित्जर पुरस्कारलाई अमेरिकी पत्रकारिता क्षेत्रमा सबैभन्दा प्रतिष्ठित सम्मान मानिन्छ । यो पुरस्कार सन् १९१७ मा सुरु गरिएको थियो ।

गत वर्षको अक्टोबरमा ‘न्यूयोर्क टाइम्स’ र ‘द न्यू यार्कर‘ ले हार्वी वाइंस्टाइनको यौन उत्पीडनसँग सम्बन्धित रिपोर्टहरु प्रकाशित गरेका थिए । अखबारहरुमा समाचार प्रकाशित भएपछि सय भन्दा बढी महिलाहरुले आफै वाइंस्टाइनमाथि यौन उत्पीडनको आरोप लगाएका थिए । ६६ वर्षीय वाइंस्टाइनविरुद्ध कयौं मुद्दाहरु दायर गरिएका छन् ।

फिल्मी दुनियाँका महत्वपूर्ण व्यक्तित्व वाइन्सटानमाथि विभिन्न महिला र अभिनेत्रीले यौन उत्पीडन र बलात्कारको आरोप लगाएका छन् । तर, उनले भने सहमति मै आफूले महिलाहरुसँग सम्बन्ध राखेको दाबी गर्दै आएका छन् । लण्डन, न्यूयोर्क र लस एन्जलसका प्रहरीले उनीविरुद्ध जाँच गरिरहेका छन् ।

पछि वाइंस्टाइनले आफ्नो व्यवहारका लागि माफी मागेपनि सफाई दिँदै सहमतिमा शारिरीक सम्बन्ध राखिएको बताएका थिए । वाइंस्टाइनलाई उनको कम्पनीले हटाएको थियो ।

पुलित्जर प्रशासक डाना केनडीले जोडी केनटो र मेगन टूहेको नेतृत्वमा न्यूयोर्क टाइम्सको समूहले र द न्यू योर्करका लागि लेख्ने रोनन फेरोले बिस्फोटक र प्रभावकारी पत्रकारिकता गरे जसमार्फत धनाढ्य र शक्तिशाली यौन उत्पीडकको पर्दाफास गरेको बताए । पुलित्जर पुरस्कार सन् १९१७ मा शुरूआत गरिएको थियो ।

यस्तै, सन् २०१६ मा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा गरिएको रिपोर्टिङका लागि वाशिंटन पोष्ट र न्यूयोर्क टाइम्सलाई संयुक्त रुपमा खोजी पत्रिकारिता पुरस्कार प्रदान गरिएको छ ।

यो अवार्ड अलबामाबाट सिनेटका उम्मेद्वार रोय मूरमाथि दशकौं पहिले लागेको यौन उत्पीडनको आरोपमा खोजी गरेका कारण दिइएको थियो । रिपब्लिकन उम्मेदवार रोय मुरले सबै आरोपलाई खण्डन गरे तर यसले चुनावमा व्यापक असर ग¥यो । यद्यपी, डेमोक्रेटिक पार्टीका उम्मेदवारले चुनाव जिते ।

यस्तै, सन् २०१६ को राष्ट्रपति चुनावमा रुसको कथित संलग्नतामाथि गरिएको रिपोर्टिङका लागि वासिङ्टन पोष्ट र न्यूयोर्क टाइम्सलाई साझा पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी, फिलीपिन्सका राष्ट्रपति रोड्रिगो डूटर्टेको ड्रग्सविरुद्ध युद्धको रिपोर्टिङका लागि ‘रोयटर्स’ लाई पनि अवार्ड दिइएको छ ।