शेर्पाहरु सगरमाथाको चुचुरोमा : फोटो फिचर

एजेन्सी
जेठ १, २०७६, बुधबार

हाई अल्टिच्युडका स्वदेशी ८ जना शेर्पा गाइडहरु यस वर्षमा सबैभन्दा पहिले सगरमाथा शिखरमा पुगेका छन् । सगरमाथको चुचुरोमा पुग्ने शेर्पाहरुमा लामाबगर दोलखाका सिद्धबहादुर तामाङ, मकालु संखुवासभाका पासदावा शेर्पा, दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, साङबु भोटे, आङफुर्वा शेर्पा, सोलुखुम्बु खुम्जुङका दोर्जी ग्याल्जेन शेर्पा र पासाङ दावा शेर्पा छन् । उनीहरु सबै काठमाडौंको हिमालयन गाइड्स एक्सपिडीसन कम्पनीमा आवद्ध हाई–अल्टिच्यूट गाइडहरु हुन् ।
तस्वीर : एजेन्सी