चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा रहँदा उनको स्वागत एवं सम्मान, सी विभिन्न कार्यक्रममा सरिक हुँदा र विदाईको फोटोहरु (हेर्नुहोस, ३७ फोटो सहितको फोटो फिचर)

जनसम्मत
असाेज २७, २०७६, सोमबार

चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

नेपालकी राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा राष्ट्रपति दुई दिने राजकीय भ्रमणका लागि यहाँ आएका हुन् ।

चीनको ७० औं गणतन्त्र स्थापनाको अवसरमा राष्ट्रपति सीले नेपालको भ्रमण गरेका हुन् ।

राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल र चीनबीच आइतबार २० समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज (आदान–प्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ ।

राष्ट्रपति सी नेपालको राजकीय भ्रमणमा रहँदा उनको स्वागत एवं सम्मान विभिन्न कार्यक्रममा उनी सरिक हुँदा र विदाईको फोटोहरु (हेर्नुहोस, ३७ फोटो सहितको फोटो फिचर)

 

 

 

 

 

तस्वीर : रासस /एजेन्सीहरु