नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार बस्दै

आइतबार स्थगित भएको सचिवालय बैठक मंगलबार बस्ने भएको हो

जनसम्मत
असाेज १९, २०७७, सोमबार

पोखरा । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि (मंगलबार) बस्ने भएको छ ।

आइतबार स्थगित भएको सचिवालय बैठक मंगलबार बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको सोमबारको भेटवार्तापछि मंगलबार दिउँसो ४ बजेको लागि सचिवालय बैठक राख्ने निर्णय भएको समाचार छ ।

यसअघि, नेकपाले आइतबारका लागि सचिवालय बैठक बोलाएको थियो। तर, प्रधानमन्त्री सचिवालयमा कोरोना फैलिएपछि स्थगित भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा नियुक्तिका कामहरु गरेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल लगायतको असन्तुष्टि छ ।