पत्रकार दुर्गा अधिकारी, स्व. हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट सम्मानीत

सम्मानित पत्रकार अधिकारी रेडियो सफलताकी प्रवन्ध निर्देशक हुन् , अधिकारी १७ बर्षदेखि पोखराको पत्रकारिता क्षेत्रमा सकृय छिन्

जनसम्मत
असाेज २३, २०७७, शुक्रबार

पोखरा । पत्रकार दुर्गा अधिकारी, स्व. हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकार पुरस्कारबाट सम्मानीत भएकी छन् ।

क्रियाशील महिला पत्रकार डब्लुडब्लुजे गण्डकीले बिहीवार पोखरामा उनलाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले उनलाई दोसल्ला ओढाएर १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेकी हुन्।

सम्मानित पत्रकार अधिकारी रेडियो सफलताकी प्रवन्ध निर्देशक हुन् । अधिकारी १७ बर्षदेखि पोखराको पत्रकारिता क्षेत्रमा सकृय छिन् ।

अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले अधिकारीलाई यस वर्ष सम्मान गर्ने निर्णय गरेको थियोे । सो पुरस्कारबाट सम्मानित हुने अधिकारी पहिलो पत्रकार महिला हुन् ।

शिक्षासेवी हरिश्चन्द्र वाग्लेको नाममा स्व.वाग्लेकी धर्मपत्नी चन्द्रावती वाग्लेले क्रियाशील महिला पत्रकार गण्डकीले संचालन गर्ने गरी १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेकी थिइन् ।