भारतमा कोभिड–१९ का कारण १ लाख २२ हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या मात्रै ८२ लाख २९ हजार नाघ्यो

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ४ सय ९६ जनाको मृत्यु भएको छ

जनसम्मत
कार्तिक १७, २०७७, सोमबार

भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६ सय ७ जनाको मृत्यु भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ४ सय ९६ जनाको मृत्यु भएको छ।

केही दिनदेखि त्यहाँ नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ।

कोरोनाभाइरसबाट त्यहाँ संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ४५ हजार २ सय ३० जना नयाँ संक्रमित थपिएका छन् । कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७ सय ९८ व्यक्ति संक्रमणमुक्त भएका छन्।

पछिल्लो समय भारतमा ५३ हजार २ सय ८५ जना कोरोना मुक्त भएको समाचारमा जनाइएको छ । भारतभरी हाल ५ लाख ६१ हजार ९ सय ८ जना सक्रिय संक्रमित छन् । भारतको महाराष्ट्र राज्य सबभन्दा प्रभावित राज्यको रुपमा रहेको छ। त्यहाँ १ लाख २५ हजार ६ सय ७२ जना सक्रिय संक्रमित छन् । त्यसपछि दोस्रो स्थानमा केरला रहेको र त्यहाँ ८९ हजार ७ सय ८३ जना सक्रिय संक्रमित छन् ।

एएनआई