यु–२४ ले टोकियो ओलम्पिक फुटबल खेल्न पाउने फिफाको निर्णय

यसअघि, ओलम्पिक फुटबलमा यु–२३ टिमले खेल्ने गरेको थियो

एजेन्सी
चैत्र २३, २०७६, आइतबार

जापानमा हुने टोकियो ओलम्पिकमा यु–२४ ले टोकियो ओलम्पिक फुटबल खेल्न पाउने छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले टोकियो ओलम्पिकमा सहभागी हुने फुटबल खेलाडीको उमेर एक वर्ष बढाउने निर्णय गरेको हो ।

कोरोनाका कारण एक वर्षपछि (२०२१) मा सरेको टोकियो ओलम्पिकमा अब २४ वर्ष उमेरकाले फुटबलरले खेल्न पाउने फिफाले निर्णय गरेको हो । टोकियो ओलम्पिक एक वर्षपछि धकेलिएकाले यो निर्णय गरिएको फिफाले जनाएको छ ।

यसअघि, ओलम्पिक फुटबलमा यु–२३ टिमले खेल्ने गरेको थियो । त्यस्तै, इन्टरनेशनल ओलम्पिक कमिटी (आइओसी) ले ओलम्पिक छनोटको समय लम्ब्याएको छ । टोकियो ओलम्पिक छनोट २९ जुन २०२१ सम्मका लागि लम्ब्याएको हो ।

यसअघि, यो वर्षका लागि तय भएको ओलम्पिकमा २४ जुलाईदेखि ९ अगस्टसम्म हुने ओलम्पिक छनोटको कार्यतालिका थियो। आइओसीले यस अघि नै छनोट चरण पार गरेका खेलाडी भने सहभागी हुन पाउने जनाएको छ ।