कोरोना त्रासका कारण विश्व नै आतङ्कित बनेको अवस्थामा ताजिकिस्तानी सुपर कप फुटबलको फाइनल खेल सम्पन्न भयो ।
कोरोनाका कारण विश्वका सबै उत्कृष्ट लिगहरु बिचमै स्थगित भएको अवस्थामा ताजिकिस्तानले सुपर कप फुटबलको फाइनल खेल बन्द ढोकाभित्रको खाली रंगशालामा गरेर देखायो ।
ताजिकिस्तानको राजधानी दुसान्वेमा आयोजना गरिएको ताजिक सुपरकपको खेलमा घरेलु च्याम्पियन एफसी इस्तिक्लोलले एफसी खुजान्डालाई २–१ ले हराउँदै उपाधि चुम्न सफल बन्यो । २०२० को ताजिक सुपरकप ११ औ संस्करणको थियो ।
सन् २०१३ र २०१७ को संस्करण बाहेकको बाँकी ९ संस्करण इस्तिक्लोलले आफ्नो पक्षमा पारेको थियो। वार्षिक रुपमा अघिल्लो संस्करणको ताजिकिस्तान लिग र ताजिकिस्तान कप विजेताबीच सुपरकपको लागि प्रतिस्पर्धा हुँदै आएको थियो । जसअनुसार २०२० को दुवै प्रतियोगिताको विजेता इस्तिक्लोल भएकाले उपाधिका लागि लिग उपविजेता खुजान्डाले प्रतिस्पर्धा गरेको थियो ।
विश्वव्यापी रुपमा कोरोना संक्रमितको संख्या १० लाख बढि पुगेर ६० हजार बढीले ज्यान गुमाउँदा मध्य एसियाली ताजिकिस्तानमा ९ लाख मात्रै जनसंख्या रहेको छ । यद्यपी, ताजिकिस्तानमा अहिलेसम्म कोभिड–१९ को एउटा पनि संक्रमण देखिएको छैन ।