कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा महानगरपालिका–२७ अर्घौ अर्चलेमा शनिवार सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानले नियमित मासिक कार्यक्रम गरेको छ।
पोखरा महानगरपालिका वडा नं–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रचना वाचन गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन्। उनले लेखनाथ जन्मस्थललाई बिकसित गर्न थप पहल गर्ने प्रतिबद्धता समेत व्यक्त जनाए।
कार्यक्रममा बोल्दै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले लेखनाथ जन्मस्थल संरक्षण र साहित्यिक अनुसन्धान केन्द्र स्थापनामा भएका पहलहरुबारे जानकारी दिए। साथै ढकालले गीत र कविताहरु समेत प्रस्तुत गरे।
कार्यक्रममा डा जगन्नाथ रेग्मी, डा भोलानारायण रेग्मी, डा लक्ष्मीशरण अधिकारी, डा भूमिराज बस्ताकोटी , शिव त्रिपाठी, लक्ष्मण थापा, बिष्णु शर्मा, बोधराज गौतम, इन्दु शर्मा पौडेल, हरिराज पौडेल, लोकचन्द्र खनाल, प्रकाश आचार्य, बसन्त पराजुली, सुरज पौडेल, आनन्दमणि रिजाल, माधव खतिवडा, अभिषेक ओझा, बलराम तिमिल्सेना, श्रीराम अधिकारी ‘गोेर्जे’, सञ्जीव पौडेल, तारानाथ पराजुली, हिममाया पौडेल, मदनप्रसाद बरालललगायतका स्रष्टाले रचना वाचन गरेका थिए।
संस्थाका अध्यक्ष योगराज पौडेलकोे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुलोचना खनालले स्वागत र संस्थाका सचिव टिकाराम आचार्य ‘आरुणी’ले कार्यक्रम संचालन गरेका थिए। संस्थाका पूर्व अध्यक्ष दिपेन्द्र पराजुलीले वाचन गरिएका रचनाहरूको समीक्षा एवं विमोचन गरेका थिए।