गृह मन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आम नागरिकमा अनुरोध गरेको छ।
गृह मन्त्रालयले एक सूचना जारी गरी पछिल्लो समयमा भ्रमण भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको हो ।
मन्त्रालयले भ्रमण भिसामा जाने व्यक्तिले प्रचलित कानुनअनुसार श्रम स्वीकृत लगायतका प्रक्रिया पूरा गरेर मात्र जान अनुरोध गरेको छ।
स्थानीय तहले समेत आफ्नो क्षेत्रका नागरिकले विदेश भ्रमण वा रोजगारीमा जाँदा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको सूचनामा उल्लेख छ।
साथै, गैरकानुनी रुपमा विदेश गई समस्यामा परेकालाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन समेत नेपाल सरकारसँग कुनै कानुनी आधार नरहने पनि मन्त्रालयले जनाएको छ।
हेर्नुहोस, गृह मन्त्रालयको विज्ञप्ति